टेलिचलचित्र शरुको भाग पाँच सार्वजनिक गरिदै
वि.सं.२०७९ साउन २८ शनिवार १०:१७

काठमाडौं । नेपाली कथानक टेलिचलचित्र शरुको भाग पाँच सार्वजनिक गरिदै छ । उक्त टेलिचलचित्र हरेक आइतबार बेलुकी ८ बजे Tv Panchali 8K टेलिभिजनबाट प्रसारण गरिन्छ । टेलिचलचित्र हनाकसो अरे को ५२ औ भागको अपार सफलतापछि कलाकार रामचन्द्र राई (राई जेठा) ले टेलिचलचित्र शरु निर्माण तथा निर्देशन गरेका हुन् । टेलिचलचित्र शरुको छायाङ्कन बरिष्ठ छायाँकार रामेश्वर जिरेलले गरेका छन् ।
समाजमा घटिरहेका नारीका यथार्थ घटना, उनीहरुका भोगाई र बेदनालाई टेलिचलचित्र शरुमा उतार्ने प्रयास गरेको निर्देशन (राई जेठा) बताउँछन् । नारीको दुख,पिडा बेदनालाई समेटेर बनाएकाले उक्त टेलिचलचित्रलाई दर्शकले रुचाउने उनको विश्वास छ । टेलिचलचित्र शरुको एक देखि ४ भागसम्म SKY Digital Production युटुब च्यानलमा हेर्न सकिन्छ ।
भिमराज खड्काको कथा, लेखन तथा निर्देशन राई (जेठा), श्रृङ्गार बिनिता पुन मगर, ब्याबस्थापनमा राजु थापा मगर र अर्मनी राईरेका छन् । अन्लाईन खोजी प्रतिभा प्रा.लि.को ब्यानरमा राई जेठा, राजु थापा मगर र फुर्बा लिम्बूले निर्माण गरेको शरु निर्माण गरेको टेलिचलचित्र शरु हरेक आइतबार बेलुकी ८ बजे Tv Panchali 8K टेलिभिजनबाट प्रसारण भई रहेको छ।
शरुमा रामचन्द्र राई (राई जेठा), कमल योञ्जन तामाङ, फुर्बा लिम्बू, राजु थापा मगर, बिनिता पुन, सबिना तामाङ, कमला लिम्बू, सुसन राई भाले डन, राज कुमारी राई, अर्मनी राई, निर्जला मगर, मदन खत्री, रन्जिता तामाङ, प्रनिशा गौतम, भिम तामाङ, ईस्वोरी थापा लगायतको कलाकार हरुको दमदार अभिनय हेर्न पाईने छ ।
भिडियो हेर्न यहां क्लिक गर्नुहोस्
वि.सं.२०७९ साउन २८ शनिवार १०:१७

















