राष्ट्रपति भण्डारीको पाँच वर्षे कार्यकाल आजबाट सकिंदै
वि.सं.२०७९ फागुन २८ आइतवार १०:१५
873
shares

काठमाडौं । वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल आजबाट सकिंदैछ । उनी २९ फागुन २०७४ मा दोस्रोपटक राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् ।भण्डारी ११ कात्तिक २०७२ सालमा पहिलोपटक राष्ट्रपतिमा चुनिइन् । पहिलो महिला राष्ट्रपति रहेकी भण्डारीको कार्यकाल विवादमुक्त भने हुन सकेन ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनलाई अनुमोदन गरेपछि उनको आलोचना बढेको थियो । त्यसपछि दोस्रो कार्यकालका लागि २०७४ साल फागुन २९ गते उनी निर्वाचित भइन् ।
भण्डारी शितलनिवासबाट बुढानीलकण्ठ–२ चपलीस्थित निजी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेल फागुन २५ गते निर्वाचित भइसकेका छन् । उनको शपथ ग्रहण सोमबार हुँदैछ ।
वि.सं.२०७९ फागुन २८ आइतवार १०:१५
















