skip this farak Kura Pravakar

सिंगौलमा मोटरसाईकल लुट्दा लुट्दै समातिए लुटेरा

2.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिकाको सिंगौलमा मोटरसाईकल लट्दा उट्दै लुटेरा समातिएका छन् ।

निजगढ २ र १ वडाको सीमा शनिबार बिहान चौदोबाटोबाट मोटर साइकल लुटदै गर्दा दुई जना लुटेरालाई प्रहरीले पक्राउ गरेको हो ।

अस्थाई प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले चन्द्रपुर नगरपालिका टेकान वडा नम्बर ४ को २९ वर्षिय सागर लामा र वडा नम्बर १ बस्ने वर्ष २३ को गौरव दर्लामीलाई पक्राउ गरेको हो ।

अस्थाई प्रहरी पोष्टका प्रहरी सहायक निरीक्षक नरेन्द्र यादवको कमाण्डमा खटेको टोलीले पक्राउ गरिएको मोटरसाइकल लुटेरालाई इलाका प्रहरी कार्यालय निजगढको जिम्मा लगाईएको छ ।

निजगढ जाँदै गर्दा सिगौलको चौदोबाटोमा पुग्दा निजगढ–२ सिंगौलका २५ वर्षिय उमेश थापाको ना.५३ प.२९०१ को टिभीएस मोटरसाइकल लुटने प्रयास भएको हो ।

बा.५६ प. ७५८५ को स्कुटीमा आएका दुई जना लुटेराले थापालाई रोकेर हेल्मेट प्रहार गरेर मोटरसाइकल लुटने प्रयास गर्दा प्रहरीले पक्राउ गरेको हो ।

लुटेरालाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाउने प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिए ।

सिंगौलमा स्थानीयले प्रयोग गर्दै आइरहेको कतिपय निजि मटरसाइकल घरैबाट चोरी भएपनि यसरी दिनदहाडै लुटने प्रयास भएको पहिलो घटना भएको स्थानीय सञ्चारकर्मी बसन्त लामाले जानकारी दिए ।

nijgadh-supermart-adz1200-630