skip this

चीनबाट आज स्वदेश फर्किद वर्षमान पुन, स्वास्थ्यमा सुधार

930 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। चीनमा उपचार गरिरहेका नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन (अनन्त) आज स्वदेश फर्किदै छन् । स्वास्थ्यमा सन्तोषजनक प्रगति भएपछि उनी फर्कन लागेका हुन् । पुन चाइना साउथर्न एयरलाइन्सको नियमित उडानबाट गोन्झाओ हुँदै अपराह्न १ बजे अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यक्रम छ ।

वंशाणुगत जण्डिशबाट पीडित पुन चुनावी धपेडीका कारण रोग बल्झिएपछि गत १६ मंसिरमा नेपाली चिकित्सकहरुको परामर्शमा फलोअप उपचारका लागि चीन गएका थिए । उनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार भएको हो ।पुन पत्नीसमेत रहेकी पूर्वसभामुख एवं माओवादी स्थायी समिति सदस्य ओनसरी घर्तीले उनको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको जानकारी दिइन् ।

नेपालबाट जाँदा पुनमा निन्द्रा नलाग्ने, शरीर चिलाउने, लगातार खोकी लाग्ने र खानामा अरुची तथा बान्ता हुनेजस्ता स्वास्थ्य समस्या थिए । उपचारमा जानुअघि पुनको शरीरमा जण्डिस (बिलरुबिन) को मात्रा २७ बिन्दु थियो । हाल बिलरुबिनको मात्रा घटेर १८ मा आएको छ । पुनमा भएको रोगलाई चिकित्सकीय भाषामा ‘सिग्गलर नाजार टाइप टू सिन्ड्रोम’ भनिन्छ ।

nijgadh-supermart-adz1200-630