skip this

बाग्मती प्रदेशसभाले बोलायो पहिलो सर्वदलिय बैठक

1.39K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बाग्मती प्रदेशसभाले सर्वदलिय बैठक बोलाएको छ। बागमती प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता नेकपा (माओवादी केन्द्र)का सांसद रामप्रसाद ढुंगानाले गर्ने भएका छन् । जेष्ठ सदस्यको हैसियतमा ढुंगानाको अध्यक्षतामा प्रदेशसभाको नयाँ अधिवेशनको पहिलो बैठक सञ्चालन हुने भएको हो ।

प्रदेशसभामा भर्खरै निर्वाचित भएका सदस्यहरको सपथग्रहणको मितिबारे छलफल गर्न पुस ८ गते ११ बजे बैठक बोलाइएको हो ।प्रदेशसभा सचिवालयको अनुसार बाग्मती प्रदेशसभामा प्रत्यक्षबाट निर्वाचित रामप्रसाद ढुगाना ज्येष्ठ सदस्य भएका छन् ।उनी नेकपा ९माओवादी केन्द्र०बाट नुवाकोट–२ (१)बाट निर्वाचित भएका हुन् । ढुगानाले प्रदेशप्रमुख यादवचन्द्र शर्माबाट सपथ ग्रहण गराउनेछन् ।

nijgadh-supermart-adz1200-630