skip this

गौरीशंकरको स्वर्ण जयन्ती समारोह उद्घाटन गर्न भोली सभामुख घिमिरे निजगढ आउँदै

4.4K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको निजगढ नगरपालिका–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे भोली आउने भएका छन् ।

सभामुख घिमिरे सिमरा विमानस्थलमा विहान ९ बजे अवतरण गर्ने कार्यतालिका रहेको छ । सभामुख घिमिरेको स्वागतमा शहीदचोकदेखि विद्यालयसम्म तीन वटा स्वागतद्धार निर्माण गरेको छ ।

स्वर्ण जयन्ती समारोहको सम्पूर्ण तयारी पुरा भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविकुमार बर्तौलाले जानकारी दिएका छन् ।

गौरीशंकर माध्यमिक विद्यालयका पूर्व विद्यार्थी तथा बाराका क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य अच्युत प्रसाद मैनालीका स्वकीय सचिव दामोदर मैनालीले सभामुख घिमिरेलाई मंगलबार विद्यालयको तर्फबाट प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको पत्र हस्तान्तरण गरेका थिए ।

वि.स.२०३१ सालमा स्थापना भएको विद्यालयले स्वर्ण जयन्तीको अवसरमा साताव्यापी कार्यक्रम गरिरहेको छ । स्वर्ण जयन्तीको अवसरमा विभिन्न विधामा तीन सय बढी व्यक्तित्वलाई सम्मान गरिने समितिका संयोजक थानेश्वर सापकोटाले जानकारी दिए ।

मधेश प्रदेशमै उत्कृष्ट विद्यालयको रुपमा स्थापित विद्यालयमा करिब दुई हजार तीन सय विद्यार्थी अध्ययनरत छन् ।

गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ को स्वर्णजयन्ती एतिहासिक बनाउने तयारी

nijgadh-supermart-adz1200-630