skip this

गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्तिको कांग्रेसले टुंगो लगायो

642 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। फागुन १९ गते हुने सत्ता गठनबन्धनको प्रदेश भेलामा नेतृत्व गर्ने व्यक्तिको नेपाली कांग्रेसले टुंगो लगाएको छ ।आज पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेसको पदाधिकारी बैठकले सत्ता गठबन्धनको प्रदेश भेलामा सम्बन्धित प्रदेशबाट पदाधिकारी भएका व्यक्तिले नेतृत्व गर्ने निर्णय भएको हो ।

भेलामा पुरानो गठबन्धन ब्युँताउनु पर्नुको कारण र राष्ट्रपतिमा आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई जिताउने बारेमा प्रशिक्षण दिइने छ । सत्ता गठबन्धनका ८ दलले १९ गते सम्बन्धित प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने निर्णय गरेका थिए ।

nijgadh-supermart-adz1200-630