जीतपुरसिमराका मेयरको पहिलो निर्णय : विद्यार्थीलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता
वि.सं.२०७९ जेठ ९ सोमवार १९:२७
2.82K
shares

बारा । जीतपुर सिमरा उपमहानगरपालिकाका नवनिर्वाचित प्रमुख राजन पौडेलले सोमबार पदभार ग्रहण गरेका छन् । पदभार ग्रहणपछि प्रमुख पौडेलले नगर क्षेत्रका सामुदायिक विद्यालयका कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने सवै विद्यार्थीहरुलाई पोशाक उपलव्ध गराउने प्रतिवद्धता जनाएका छन् ।
‘नगर क्षेत्रभित्रका सामुदायिक विद्यालयमा कक्षा १ देखि ५ सम्म नयाँ भर्ना हुने सबै छात्र/छात्राहरुलाई विद्यालयका प्रधानाध्यापक मार्फत पोशाक उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दछु’, पौडेलको पहिलो निर्णयमा भनिएको छ ।
उनले शहिदहरुप्रति श्रद्धाञ्जली तथा शहीद परिवारप्रति सम्मान व्यक्त गर्दै उपमहानगरपालिकाको नगर प्रमुखमा विजयी गराउने मतदाताहरूलाई आभार व्यक्त गरेका छन् ।
वि.सं.२०७९ जेठ ९ सोमवार १९:२७
















