नागरिकतासम्बन्धी विधेयक सरकारले फेरि राष्ट्रपतिसमक्ष पठाउनुपर्छ –सुरेन्द्र झा
वि.सं.२०७९ साउन ३० सोमवार १०:३५

काठमाडौं । नागरिकतासम्बन्धी विधेयक सरकारले फेरि राष्ट्रपतिसमक्ष पठाउनुपर्ने लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता डा. सुरेन्द्र झाले बताएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार उक्त विधेयक संसद्मै फिर्ता गरिदिएपछि झाले यस्तो बताएका हुन् । संसद्ले पुनर्विचार गर्न आवश्यक रहेको भन्दै विधेयक प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।
यो विधेयक फेरि सरकारले पठाउनुपर्छ र देशमा रहेका नागरिकलाई अनागरिक हुनबाट जोगाउनुपर्ने उनको भनाई छ । उनले राष्ट्रपतिको निर्णय राजनीतिक उद्देश्यले प्रेरित रहेको आरोप पनि लगाएका छन् । राष्ट्रपतिको कदमले समयक्रममा नेकपा (एमाले)लाई क्षति हुने उनको भनाइ छ ।
यजले राष्ट्रपतिको निर्णय राजनीतिक उद्देश्यले अभिप्रेरित देखिएको जिकिर गरेका छन् । यो कुराले राष्ट्रपति विद्यादेवी भण्डारी दलीय आबद्धताबाट मुक्त हुन नसकेको प्रमाणित भएको उनको दाबी छ ।
वि.सं.२०७९ साउन ३० सोमवार १०:३५

















