skip this

भन्सार बिन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने–अर्थमन्त्री पौडेल

897 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । भन्सार बिन्दुमा हुने चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले बताएका छन् । आज ७१ औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा भन्सार विभागले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री पौडेलले पछिल्ला समयमा भन्सार बिन्दुबाट हुने चुहावट बढ्दै गएको र यसको असर राजस्व परिचालनमा समेत परेको भन्दै चुहावट रोक्न सरकार निर्मम भएर लाग्ने बताएका हुन ।

अर्थमन्त्री पौडेलले भन्सार बिन्दुबाट कुनै बस्तुको आयात घट्ने तर बजार सोही बस्तुको मौज्दात नै बढी हुने देखिएकाले यसले भन्सारका लिगल च्यानललाई चुनौती दिने काम भएको उल्लेख गरेका छन् । उनले वैध व्यापारलाई प्रोत्साहन र चुहावट रोक्न भन्सार विभागले गम्भीर भएर काम गर्नुपर्ने बताएका छन् । अर्थमन्त्री पौडेलले गत आर्थिक वर्षको यही अवधिको तुलना गर्दा यस आर्थिक वर्षमा १६ प्रतिशतले राजस्व परिचालनमा कमी भएको भन्दै यस्तो आँकडा सुनेर मात्रै बस्न सक्ने अवस्थामा सरकार नरहेको जिकिर गरेका छन्।

nijgadh-supermart-adz1200-630