हरेक दिन रेकर्ड तोड्दै अमेरिकी डलरको भाउ
वि.सं.२०७९ जेठ ३१ मंगलवार ०९:३९
2.66K
shares

काठमाडौं । अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको विनिमय दर १२५.१६ नेपाली रुपैयाँ पुगेको छ । यो दर सोमबार १२४.२४ रुपैयाँ थियो ।
एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलो पटक १२५ रुपैयाँमा उक्लिएको हो । युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ । अष्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अष्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।
वि.सं.२०७९ जेठ ३१ मंगलवार ०९:३९

















