skip this

गठबन्धनमा सरकार गठनका विषयमा कुनै छलफल भएको छैन –माधवकुमार नेपाल

738 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ ।सरकार गठनका विषयमा नेताहरुबीच कुनै छलफल नभएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्।आज संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले दलहरु नेता चयनका लागि व्यस्त रहेको र आफू पनि बिरामी रहेकाले गठबन्धनमा सरकार गठनका विषयमा कुनै छलफल नै नभएको बताए ।

छिटै गठबन्धनको बैठक बसेर सरकार गठनका विषयमा छलफल हुने उनले जानकारी दिए। त्यस्तै राष्ट्रपतिको उम्मेदवार बन्ने विषयमा सोधिएको प्रश्नमा आफूले कल्पनाका आधारमा जवाफ नदिने उनको भनाई छ । पद बाँडफाँटका विषयमा तीन नेताहरुबीच छलफल चलाउनुपर्ने उनले बताएका छन् । नेपाली राजनीतिले गरेको आफ्नो भूमिकाको अपेक्षाअनुसार आफू अघि बढ्ने उनले उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630