देश मध्यावधि चुनावतर्फ जाने सम्भावना देखिएको छ –अध्यक्ष ओली
वि.सं.२०७९ पुस ९ शनिवार १५:२८

काठमाडौं । देश मध्यावधि चुनावतर्फ जाने सम्भावना देखिएको नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले बताएका छन् । आज नेकपा एमाले प्यूठान–काठमाडौं सम्पर्क मञ्चको एक कार्यक्रममा अध्यक्ष ओलीले सत्ता गठबन्धन दलहरूले सरकार नेतृत्वको विषयमा सहमति जुटाउन नसकिरहँदा यस्तो टिप्पणी गरेका हुन् ।
नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरूलाई लक्षित गर्दै उनले सरकार गठनमा देखिएको अन्योलताले अब फेरि घुमीफिरी मध्यावधि चुनावतर्फ जाने अवस्था देखिएको बताएका छन् । यस्तो प्रतिक्रिया दिएका हुन् ।त्यस्तै उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रधानमन्त्री हुने सम्भावना समाप्त हुन लागेको टिप्पणी गरेका छन् ।‘पुष्पकमल दाहालजी प्रधनमन्त्रीको इच्छा गरिरहनुभएको छ, मलाइ लाग्छ उहाँले ढिला गर्नुभयो निर्णय गर्न ढिला गर्नुभयो’ उनले भने ।
वि.सं.२०७९ पुस ९ शनिवार १५:२८

















