आज परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदै
वि.सं.२०७९ साउन २४ मंगलवार ०९:१३
1.03K
shares

काठमाडौं । आज परराष्ट्रमन्त्री डा. नारायण खड्का चीन भ्रमणमा जाँदै छन् । ११ सदस्यीय टोलीको नेतृत्व गर्दै मन्त्री खड्का आज चीनको तीनदिने भ्रमणमा जान लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार उनी साउन २६ तेसम्म चीनमा रहनेछन् ।
चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणमा परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जान लागेको मन्त्रालयले जनाएको छ । गत मार्चमा चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमणको क्रममा परराष्ट्रमन्त्रीलाई चीन भ्रमणको नियन्त्रणा प्राप्त भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । उनका अनुसार भ्रमणमा दुई मुलुकबीचको आपसीहितका विविध विषयमा छलफल हुनेछ ।
वि.सं.२०७९ साउन २४ मंगलवार ०९:१३

















