अनुसन्धान र छानबिनमा सहयोग गर्न रायमाझीलाई एमालेको आग्रह
वि.सं.२०८० वैशाख २७ बुधवार १४:००

काठमाडौं । नेकपा (एमाले) का उपमहाचिव पृथ्वीसुब्बा गुरुङले नक्कली भुटानी शरणार्थी प्रकरणमाथिको अनुसन्धानलाई सहयोग गर्न पार्टी सचिव टोपबहादुर रायमाझीलाई संसद मार्फत आग्रह गरेका छन् ।
आज प्रतिनिधिसभा बैठकमा प्रिबजेट छलफलमा भाग लिँदै उपमहाचिव गुरुङले मंगलबार आफ्नो पार्टीले रायमाझीलाई अनुसन्धानमा सहयोग गर्न निर्देशन गरेको जानकारी गराएका हुन् ।
‘विधिको शासनमाथि विश्वास गर्ने पार्टीको हैसियतले विधिपूर्वक, कानुनपूर्वक जुन खालको अनुसन्धान र छानबिन भइरहेको छ । यसमा हाम्रो पार्टीका माननीय टोपबहादुर रायमाझीलाई हामीले हिजो निर्देशन गरेका छौं, तपाई यो अनुसन्धान र छानबिनमा सहयोग गर्न लाग्नुस्, सहयोग गर्नुस्’ गुरुङले भने ।
प्रतिनिधिसभा सदस्य रायमाझी एमालेका सचिव हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोप लागेपछि जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ र उनी फरार छन् ।
भिडियो :
https://www.facebook.com/faraknepaltv/videos/195462726643783
वि.सं.२०८० वैशाख २७ बुधवार १४:००

















