आफूविरुद्ध परेको उजुरीको जवाफ दिन यादव निर्वाचन अधिकृतको कार्यालयमा
वि.सं.२०७९ फागुन २८ आइतवार ११:२८
723
shares

काठमाडौं । आफूविरुद्ध परेको उजुरीको विषयमा जवाफ दिन उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचन अधिकृतको कार्यालय पुगेका छन् ।यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपुर जाँचबुझ गरी आज मध्याह्न १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ । त्यसैले यादव आफूविरुद्ध परेको उजुरी खण्डन हुने दाबीसहित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका हुन् ।
वि.सं.२०७९ फागुन २८ आइतवार ११:२८
















