skip this

यती एयरलाइन्सको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु

1.14K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-यती एयरलाइन्सको आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकको शव आफन्तलाई बुझाउन सुरु गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सोमबार एक विज्ञप्तिमार्फत सो जानकारी गराएको हो ।

पोखरामा शव बुझ्न चाहने आफन्तजनलाई पोस्टमाटम पश्चाम शव बुझाउन सुरु गरिएको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणका अनुसार कुल सवार ७२ मध्ये ६९ जनाको शव फेला परेको छ भने ४१ जनाको पहिचान भइसकेको छ ।

यस्तै थप सहजीकरणको लागि काठमाडौँबाट फरेन्सिक विज्ञ टोली पोखरा पुगेको पनि प्राधिकरणले जनाएको छ ।

nijgadh-supermart-adz1200-630