skip this

अमेरिकी नागरिकता त्यागेपछि म स्वतः नेपाली नागरिक नै हुँ –गृहमन्त्री लामिछाने

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद खारेज र प्रतिनिधिसभा सदस्य पद समेत रद्ध गर्ने रिट निवेदनविरुद्ध उपप्रधान तथा गृहमन्त्री रवी लामिछानेले सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका छन् ।लामिछानेले बुझाएको लिखित जवाफमा उक्त रिट खारेज गर्न माग गर्दै आफूले नेपाली नागरिकता नत्यागेको हुँदा अमेरिकी नागरिकता त्यागेपछि आफू स्वतः नेपाली नागरिक नै हुने दावी गरेका छन् ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षबाट पनि सर्वोच्चमा लिखित जवाफ दिइएको छ । जवाफमा भनिएको छ, अहिले यस पार्टीको लोकप्रियता बढ्दै गएको बेला पार्टिका अध्यक्षको नागकिताको बिषय उठाई, पार्टिको लोकप्रियतालाई निवेदकहरुले विषयान्तर गर्न खोजेएको मात्र हो । अतः माथिका उल्लेखित आधार प्रमाण, सम्मानित श्री सर्वोच्च अदालतबाट प्रतिपादीत नजिर सिद्धान्त तथा प्रचलित कानुन समेतको मुल्याँकन गरि राजनैतिक उद्देश्यबाट प्रेरित रहेको विपक्षी निवेदकको निवेदन पत्र खारेज गरी न्याय दिलाई पाउँ ।

nijgadh-supermart-adz1200-630