माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्ति पक्राउ

वि.सं.२०८० असोज ७ आइतवार १७:१०
387
shares

काठमाडौं । माल्टा पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडी जिल्ला दशरथचन्द न.पा वडा नं. ०४ स्थाई घर भई हाल जिल्ला ललितपुर ललितपुर महानगरपालिका वडा नं. १६ भैसिपाटी बस्ने वर्ष ३५ को रमेश बडु रहेको छन् ।
उनले कुम्भराज जोशी समेत ५ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु,भनी सात लाख पचाँस हजार रुपैयाँ गठी गरेका हुन् । रकम लिई सम्पर्क विहीन रहेका उनलाई प्रहरीले किर्तिपुरबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको जानकारी दिएको छ ।

वि.सं.२०८० असोज ७ आइतवार १७:१०