सामाजिक सस्था आस्लुनले गर्यो पशुपतिमा खाजा वितरण
वि.सं.२०७९ पुस ९ शनिवार २०:०७

काठमाडौ- २०७९ पौष ९ गते शनिवार आस्लुन टिमले श्री पशुपतिनाथ मन्दिर परिसरमा रहेका विपन्न व्यक्तिहरूका लागि खाजा खुवाउने कार्यक्रम आयोजना गरेको छ । आस्लुन अर्थात क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल नेपाली भाषा-साहित्य एवम् सामाजिक परोपकारको क्षेत्रमा काम गर्दै आएको एक गैर-नाफामूलक गैर-सरकारी सामाजिक संस्था हो ।
आस्लुनले काठमाडौं जिल्लामा अझ तारकेश्वर नगरपालिकाभरका विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई रचनात्मक गतिविधीमा तथा सामाजिक परोपकारका कार्यहरूमा स्वयम्सेवकको रूपमा सहभागिता सुनिश्चित गर्दै आएको छ । संस्थामा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको छ ।
पहिले पनि काठमाडौं तथा चितवनमा शारीरिक रूपमा फरक भएका बालबालिकाहरूको बालआश्रममा तथा बृद्धाश्रममा खाना खुवाईरहेको यस संस्थाले यस पटक भने पशुपतिनाथमा रहेका बिपन्न व्यक्तिहरूमा खाजा वितरण गरेको हो । संस्थाले यस अघि विभिन्न साहित्यिक तथा सरसफाई कार्यक्रमहरूको आयोजना गरेको छ भने समाज विकासका लागि एकता, मानवी कृएटिभ एसोसिएसन, लायन्स क्लब, युनेस्को तथा चक्रपथ सरसफाई महाअभियानसँग सहकार्य गरि विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ ।
वि.सं.२०७९ पुस ९ शनिवार २०:०७
















