skip this farak Kura Pravakar

महागढीमाईमा १५ सैयाको नगर अस्पताल शिलान्यास

3.22K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–महागढीमाई नगरपालिकाका–२ स्थित श्री गढ्ढीगंगा पुल नजिकै १५ सैयाको नगर अस्पतालको शिलान्यास गरिएको छ ।

नगरप्रमुख उपेन्द्र यादवले आपत्तकालीन नगर अस्पतालको सोमवार एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।

नगर प्रमुख यादवले शिलान्यास गर्दै यस नगरका सर्वसधारणहरुलाई केहि दिन भित्र बीरगंज, भरतपुर, काठमाडौं तथा भारतको बिभिन्न शहरहरुमा स्वास्थ्य सेवा लिन जाने बाध्यताको अन्त्य हुने बताए ।

आपत्कालीन कक्ष सहित उच्च स्तरिय उपचार पद्धति, ल्याबसेवा, एक्सरे, भिडियो एक्सरे एमडी चिकित्सकको प्रत्यक्ष निगरानीमा सुविधा सम्पन्न महागढीमाई नगर अस्पताल निर्माण हुन लागेको बताउँदै अस्पतालले नगरपालिकाको बढी भन्दा बढी सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने नगरपालिकाले विश्वास लिएको नगरप्रमुख यादवले भने ।

सुविधा सम्पन्न अस्पताल पुर्णरुपमा निर्माण भई संचालन भएमा यस महागढीमाई नगरपालिका बाहेका छिमेकमा रहेका अन्य पालिकाहरु बारागढी, आर्दश कोतवाल, देवताल र पचरौता नगरपालिकाका लगायतका बिरामीहरुले आकस्मिक सेवा लिन सक्ने नगर प्रमुख यादवले बताए ।

सामान्य रुखाखोकी, ज्वरो, सवारी दुर्घटनादेखि लिएर विभिन्न किसिमको रोगको चेकजाँचसंगै अर्थो, गाईनो, फिजिशियन, सर्जन लगायतको एमडी अनुभवी चिकित्सकको टोली राखेर सुविधा सम्पन्न तरिकाले २४ घण्टे ईमरजेन्सी सेवा दिने तयारीका साथ अस्पताल निर्माण गर्न लागिएको नगर प्रमुख यादवले जानकारी दिए ।

निर्माण कार्यका लागि टेण्डर अहवान भई सत्यसेवा सेवा जेभी निर्माण कम्पनीले ठेक्का स्वीकृत समेत गरिसकेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले जानकारी गराए ।

नगर स्वास्थ्य बिकास योजना अन्तर्गत नगरपालिकाले १५ करोडको लगानीमा १५ शैया नगर अस्पताल निर्माण गर्न लागिएको स्वास्थ्य शाखाका प्रमुख बिजय कुशवाहाले जानकारी दिए ।

 

 

nijgadh-supermart-adz1200-630