skip this

म्याग्दीमा ३८ वर्षीया महिला बलात्कृत

2.04K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । म्याग्दीका ३८ वर्षीया महिला बलात्कृत भएकी छन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले बेनी नगरपालिका–९ घतान बस्ने ६२ वर्षीय भक्ते दमाईलाई आइतबार पक्राउ गरेको छ ।दमाईले ती महिलालाई खेतमा काम गरी फर्कने क्रममा आफ्नै घरमा लगि शनिबार साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले प्रहरी चौकी पारिबेनी पर्वतको सहयोगमा पर्वत जलजला गाउँपालिका–४ कजनिया भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

nijgadh-supermart-adz1200-630