skip this farak Kura Pravakar

गैंडाकोटमा बयान सकेर शाहलाई फेरि ल्याइयो दमौली

759 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडाैं । एक जना नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका अभिनेता पल शाहलाई फेरि तनहुँको दमौली ल्याइएको छ।

जिल्ला प्रहरीले कार्यालय गैंडाकोटमा उनको बयान लिएपछि मंगलबार दमौली पठाइएको डिएसपी दिलीप गिरीले जानकारी दिए।

पीडित गायिकाका आफन्तले सुरूमा दमौली र पछि नवलपुरमा पनि शाहविरूद्ध जाहेरी दिएका थिए।

फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आत्मसमर्पण गरेका शाहलाई केही दिनअघि गैंडाकोट पुर्‍याइएको थियो।

तनुहँ प्रहरीले शाहलाई चैत ४ गते सम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत तनहुँबाट अनुमति लिएको छ।

जिल्ला प्रहरी कार्यालय तनहुँमा पनि ललाई फकाई प्रलोभन देखाएर जबर्जस्ती करणी गरेको भन्दै पीडित परिवारले दिएको उजुरीका आधारमा अनुसन्धान भइरहेको छ।

जिल्ला अदालतबाट पहिलो पाँच दिन र दोस्रोपटक १२ दिनको म्याद लिएर अनुसन्धान जारी छ। थपिएको १२ दिन पनि सकिँदैछ।

अनुसन्धान नसकिए प्रहरीले अझै एक साता न्यायिक हिरासतमा राख्न सक्छ। अनुसन्धान पूरा भएमा शाहलाई अदालतमा पेश गर्नेछ।

थप समाचार…

nijgadh-supermart-adz1200-630