skip this

भुवन केशी व्याक भए,काठमाडौंको मेयरमा नउठ्ने

1.52K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । अभिनेता भुवन केसीले उन्नत लोकतन्त्र पार्टीबाट आफू काठमाडौं महानगरपालिकाको मेयर पदको उम्मेदवार बन्न असमर्थ रहेको बताएका छन् । आफूलाई मेयर पदको उम्मेदवार बनाउने उक्त पार्टीको निर्णयलाई भने उनले साहसिक कदम भनेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अभिनेता केसीले कुनै कलाकारले महानगरको मेयर बनेर जनताको सेवा गर्छु भन्नु स्वाभाविक भएको, तर कार्यव्यस्तता र प्राविधिक कारण अहिले आफू उम्मेदवार बन्न नसक्ने उल्लेख गरेका छन् ।

‘मैले यो काठमाडौं उपत्यकाको पुस्तैनी रुपमा सम्पदा, समस्या र सम्भावनाहरूलाई मनैदेखि आत्मसात गरेको छु । त्यसैले यस महानगरको मेयरको रुपमा कुनै कलाकारले जनताको सेवा गर्ने इच्छा राख्नु अस्वाभाविक होइन भन्नेमा पनि विश्वस्त छु,’ उनले लेखेका छन, ‘तर एउटा कलाकारले जनप्रतिनिधिको रुपमा जनताको सेवा गर्ने सक्दैन भन्ने प्रकारका टिप्पणीहरु आएको देख्दा चाहिं अझै पनि नेपाली समाजमा राजनीतिप्रतिको एकलकाँटे दृष्टिकोण कति जबरजस्त रहेछ भन्ने बुझेर म खिन्न पनि भएको छु । तर ती प्रतिक्रियाका कारण नभई प्राविधिक कारण तथा कार्यव्यस्ताका कारण म महानगरपालिकाको मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको छु । र, यसै पत्रमार्फत हालका दिनसम्म म कुनै पनि पार्टीमा नरहेको पनि जानकारी गराउन चाहन्छु ।’

स्थानीय तहको निर्वाचनको संघारमा धेरै राजनीतिक दलसँग आफ्नो छलफल हुने क्रममा स्वागत नेपाल नेतृत्वको उन्नत लोकतन्त्र पार्टीसँग पनि छलफलमा बसेको, तर ठोस निर्णय भने नभएको पनि केसीले बताएका छन् । उनले अहिले कुनै पनि दलमा आबद्ध नरहेको समेत उल्लेख गरेका छन् ।

nijgadh-supermart-adz1200-630