मोटरसाइकल पल्टीदा धनुषाको कलभर्टमाचालकको मृत्यु
वि.सं.२०७९ वैशाख ६ मंगलवार ११:०७
1.55K
shares

काठमाडौं । धनुषाको जनकपुर उपमहानगरपालिका–२२ बसबिट्टी कलभर्टमा सोमबार राति मोटरसाइकल पल्टीदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । दुर्घटनामाा गम्भीर घाइते भएका चालक धनुषा–७ का अन्दाजी ३२ बर्षीय मिश्री साहको उपचारको क्रममा जनकपुर स्थित प्रादेशिक अस्पताल मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका मोटरसाइकलमा पछाडी सवार कृष्ण दासको सोही अस्पतालमा उपचार भइरहेको छ । महोत्तरीबाट जनकपुर तर्फ जादै गरेको ज१प ७४ ५९ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे नियन्त्रण गुमाएर पल्टीएको थियो ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार ११:०७

















