रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
वि.सं.२०७९ वैशाख ६ मंगलवार १०:५८
1.66K
shares

काठमाडौं । बैशाख ६ गते
रौतहटको राजपुर नगरपालिका–३ अजाद चोकमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटकै गौर नगरपालिका–८ पुरेन्वा दरबारका अन्दाजी ३० बर्षीय अलि महमद रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा गौर स्थित जिल्ला अस्पतालमा राती पौने १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका मोटरसाइकलमा पछाडी सवार १८ बर्षीय धिरेन्द्र प्रसाद साहको सोही अस्पतालमा उपचार भइरहेको छ । गौरबाट कोप्वा तर्फ जादै गरेको भारतिय नम्बरको मोटरसाइकल गएराती सवा ९ बजे दुर्घटना भएको ईलाका प्रहरी कार्यालय राजपुर रौतहटले जनाएको छ ।
वि.सं.२०७९ वैशाख ६ मंगलवार १०:५८

















