लोसपाको घोषणापत्र सार्वजनिक
वि.सं.२०७९ वैशाख १६ शुक्रवार १४:२८
1.91K
shares

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीले स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
शुक्रबार काठमाडौँको बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष महन्थ ठाकुर लगायतका नेताहरुले घोषणापत्र सार्वजनिक गरेका हुन्।
घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने महत्वाकांक्षी योजना उल्लेख गरिएको छ ।
वि.सं.२०७९ वैशाख १६ शुक्रवार १४:२८

















