skip this

मतपेटिका साटिन्छ भन्ने भ्रममा नरहन मुख्य निर्वाचन अधिकृत श्रेष्ठको आग्रह

1.21K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । बैशाख २९ गते
मकवानपुरका मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले मतपेटिका साटिन्छ भन्ने भ्रममा नरहन आग्रह गरेका छन् । धेरैमा मतपेटिका साटिन सक्ने भन्ने एक किसिमको भ्रम रहे पनि त्यस्तो नहुने उनले बताए । यसअघिका केही निर्वाचनमा सुरक्षा सामग्री कम्जोर भएका कारण मान्छेहरूले कमै विश्वास गर्ने गरेको हुनसक्ने उनको अनुमान छ । तर, यस पटकको मतपेटिका निकै सुरक्षित रहेको उनको दाबी छ ।

अहिले अन्तराष्ट्रिय मापदण्डका प्रविधियुक्त सामान प्रयोग गरेको बताए । उनले मतपेटिकामा एउटा ‘सेक्युरिटी शिल’ गरिएको जानकारी दिएका छन् । उनले  त्यसलाई एकचोटी खोलेपछि पुनः प्रयोग गर्न नसकिँने बताए । त्यस्तै एउटा कोड नम्बर पनि हुने भउकाले  त्यो कोड नम्बर एउटा शिलदेखि अर्को शिलसँग नजोडिँने बताए ।  मतदान गर्ने बेलादेखि मत गन्ने बेलासम्म ती नम्बरहरू मिल्छन् भने शंका नगर्न उने आग्रह गरेका छन् ।  

बाकस साट्ने सम्भावना नभएको र मकवानपुरमा आचारसंहिता उल्लंघनका घटना धेरै नभएको पनि उनले बताए । उनले आफुहरु  निरन्तर राजनीतिक दल र उम्मेदवारहरूसँग छलफल गरिरहेको बताए । उनले आचारसंहिता पालना गर्ने कुरामा सबै जना सचेत रहेको प्रतिबद्धता जनाएको बताए । असक्त, गर्भवती र साना शिशु भएका व्यक्तिलाई सवारीपास उपलब्ध गराएको श्रेष्ठको भनाइ छ ।उनले अशक्त तथा अपांगता भएका व्यक्तिलाई लाइन बस्नु नपर्ने व्यवस्था गरेको जानकारी दिएका छन् । 

nijgadh-supermart-adz1200-630