हरिवन नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका बुढाथोकी विजयी
वि.सं.२०७९ जेठ ६ शुक्रवार ०७:३२

हरिवन । हरिवनकाे नगरपालिकाकाे मेयरमा नेकपा माओवादी केन्द्रका रमेश बुढाथाेकी (कमल) विजयी भएका छन् । त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् ।
एमालेका उम्मेदवार निवर्तमान मेयर गणेश प्रसाद प्रसाईंलाई १५३ मतले पछि पार्दै बुढाथोकी विजयी भएका हुन् ।
बुढाथोकीले ७ हजार २ मत ल्याए भने प्रसाईंले ६ हजार ८४९ मत पाए ।
उनी २०७४ सालकाे स्थानीय तह निर्वाचनमा एमालेका प्रसाईंसँगै पराजित भएका थिए । याे सहित माओवादीले सर्लाहीका ३ पालिकामा प्रमुख हात पारेकाे छ ।
त्यस्तै उपमेयरतर्फ एमालेकी हरिमाया घलान ६ हजार ८५५ मत सहित विजयी भईन् । निकटतम् प्रतिद्वन्द्वी माओवादीकी पद्मा माेक्तानले ५ हजार ३२१ मत ल्याईन् ।
वडा नम्बर १, २, ४ र ९ काे वडाध्यक्ष कांग्रेस, ३, ७, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष हात पारेकाे छ ।
वि.सं.२०७९ जेठ ६ शुक्रवार ०७:३२

















