कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेकाे बस कर्णाली नदीमा खस्याे, ४ जनाको मृत्यु
वि.सं.२०७९ जेठ ११ बुधवार २२:०५
1.29K
shares

काठमाडौं । दैलेखको आठबीस नगरपालिका –३ अन्तर्गत पर्ने सिस्ने भन्ने ठाउँमा बुधबार साँझ यात्रुबाहक दुर्घटना भएको छ ।
मुगु कालिकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दुर्घटनामा परि कर्णाली नदीमा खसेको हो ।
घटनामा परी चार जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको दैलेखका प्रहरी प्रमुख भुवनेश्वरकुमार शाहले जानकारी दिए ।
बस सडकबाट झण्डै ५० मिटर तल नदीमा खसेको छ । दुर्घटनामा ३० जनाभन्दा बढी घाइते हुनसक्ने अनुमान गरिएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।
वि.सं.२०७९ जेठ ११ बुधवार २२:०५

















