सीमान्तीकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ –मन्त्री रेग्मी
वि.सं.२०७९ असार १४ मंगलवार ११:४४
1.25K
shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तीकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् ।संसद्मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षौंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तीकृत (यौनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् ।
सीमान्तीकृत महिलाहरूको समस्या छ, समाजमा । नागरिकताको समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ । उनीहरूमाथि हुँदै आएको दुर्व्यवहारविरूद्ध कानुन निर्माण गर्न सकिन्छ, काठमाडौंमा मङ्गलबार आयोजित एक कार्यक्रममा भनिन् । उनले सीमान्तकृत महिलाहरूको अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? सरोकारवाला पक्षहरूले सोच्न आवश्यक रहेको पनि बताइन्
वि.सं.२०७९ असार १४ मंगलवार ११:४४

















