काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखियो
वि.सं.२०७९ असार १५ बुधवार १९:५७
1.42K
shares

काठमाडौँ– काठमाडौँ उपत्यकामा १४ जनामा हैजा देखिएको छ ।
गृह मन्त्रालयमा आज आयोजित मौसम पूर्वतयारी तथा प्रतिकार्य बैठकमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले १४ जनामा हैजा देखिएको र उनीहरू उपचारपश्चात् घर फर्किएको जानकारी दिए ।
हैजाका दुई बिरामीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ ।
उनीहरूको अवस्था सामान्य रहेको छ । हैजाका पहिलो बिरामीको अवस्था अत्यन्त जटिल देखिएपछि सघन उपचार कक्ष (आइसियू) मा राखेर उपचार गरिएको उनले जानकारी दिए ।
वि.सं.२०७९ असार १५ बुधवार १९:५७
















