दैलेखमा पानी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु
वि.सं.२०७९ साउन ३ मंगलवार ०८:२८
1.05K
shares

काठमाडौं । दैलेखमा पानी ट्याङ्कीमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ ।
दुल्लु नगरपालिका वडा ३ सियालाका बखत महतका छोरा दिनेश महत र छोरी अनिता महतको सोमबार बेलुका कर्णाली, कोटाछाल, दुल्लु लिप्टिङ खानेपानीको ट्याङ्कीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी भुवनेश्वर शाहले जानकारी दिए ।
दिउँसो चार बजे उनीहरु मृत फेला परेको शाहले जानकारी दिए ।
वि.सं.२०७९ साउन ३ मंगलवार ०८:२८
















