कार र मोटरसाइकल ठोक्किँदा तारेकश्वरमा दुई जना गम्भीर घाइते
वि.सं.२०७९ साउन ३ मंगलवार १०:३६
2.33K
shares

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–८ लामाबजारमा गएराति कार र मोटरसाईकल ठोक्किँदा दुई जना गम्भीर घाईते भएका छन् । घाइते हुनेमा मोटरसाईकल चालक नुवाकोटका २२ वर्षिय अनमोल डंगोल र पछाडी सवार तनँहुका २७ वर्षिय अर्जुन घर्ती रहेका छन् ।
घाइते दुबैको ग्रिनसिटी अस्पतालमा उपचार भैरहेको छ । गएराति साढे ११ बजे बा १५ च ३६५५ नम्बरको कार र बा ९६ प ८७९४ नम्बरको मोटरसाईकल ठोक्किएका थिए ।दुबै सवारी साधन र कार चालक नियन्त्रणमा लिएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको छ ।
वि.सं.२०७९ साउन ३ मंगलवार १०:३६
















