skip this farak Kura Pravakar

एकद्वार प्रणाली लागू गर्न पर्यटन व्यवसायीको माग

1.88K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । स्थलमार्ग भई आउने भारतिय पर्यटकहरूले पाइलैपिच्छे समस्या भोग्नुपरेको पर्यटन व्यवसायीहरूले गुनासो गरेका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीले भैरहवामा गरेको पर्यटन विकास वर्तमान समस्या सम्बन्धका छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सहभागीहरूले नेपाल आउने प्रत्येक पर्यटक कुनै न कुनै माध्यमबाट समस्या र ठगीमा पर्ने गरेको बताए ।

पर्यटकहरूलाई हँसिलो व्यवहार गर्नुका साटो पैसा धुत्ने भाँडोको रूपमा लिने गरेको पाइएको सहभागीहरूले गुनासो गरे । सिद्धार्थ उद्योग वािणज्य संघ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले भन्सार विन्दुमै पर्यटकहरूलाई एकद्वार प्रणलीबाट सेवा दिनुपर्ने बताए । भन्सार, अध्यागमन, रुट परमिट, स्वास्थ्य चेकजाँचलगायतका फरक फरक प्रक्रिया गर्न फरक फरक ठाउँमा जानुपर्ने बाध्यता अझै पनि रहेको उनको भनाइ छ ।

संघका पर्यटन उपसमिति संयोजक सञ्जय वाजिमयले भारतीय गाडी हेर्न साथ प्रहरी प्रशासनले चेकजाँच गरेर हैरान पार्ने गरेको बताए, सीमा प्रवेश गर्न साथ पार्किङको समस्यादेखि लिएर बिचौलियाहरूले भन्सार विन्दुमै पर्यटकहरूलाई खिन्न बनाउने गर्छन् । भन्सार अगाडि रहेको पार्किङ क्षेत्र सीमित अवधि र प्रक्रियाका लागि पार्किङ थलो भए पनि दिनभर गाडीहरू बसेर ट्राफिक जाम गराइरहेको कारण नेपाल आउने पयर्टकहरूलाई सास्ती भएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले पर्यटनको विषयमा राज्य उदासीन नभई गम्भीर हुन जरुरी रहेको बताए । व्यवसायीहरू अर्बौ लगानी गरेर पीडामा रहेको सर्वविदितै भए पनि पर्यटकले पुलिस हेरेर डराउनुपर्ने अवस्था छ । पर्यटक नै नआए लगानी डुब्ने स्थिति भएकाले निजी क्षेत्र पनि स्तरीय यातायात लगायत पर्यटन व्यवसायमा होमिनुपर्ने बताए ।

nijgadh-supermart-adz1200-630