skip this farak Kura Pravakar

संखुवासभामा भारततर्फ जादै गरेको ट्रकबाट ६ बोरा गाँजा बरामद

1.54K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । शुक्रबार राति संखुवासभाबाट बन्दाकोपी लिएर विराटनगर हुँदै भारत प्रवेश गर्ने तयारीमा रहेको ट्रकबाट सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले १५६ किलो (६ बोरा) गाँजा बरामद गरेको छ ।

बन्दा कोपी बोकेर भारततिर जान लागेको प्रदेश १–०२–००१ ख ८६७७ नम्बरको ट्रक चेकजाँच गर्दा गाँजा भेटिएको सशस्त्र प्रहरीले बताएको छ । गाडीमा ४६ बोरा बन्दा कोपी र ६ बोरा गाँजा थियो ।गाँजासहित पक्राउ परेका ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राईलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानी बुझाएको सशस्त्र प्रहरीले बताएको छ ।

nijgadh-supermart-adz1200-630