skip this

संघको तर्फबाट उपमेयर डंगोलद्वारा वृक्षारोपणका लागि आवश्यक जाली सहयोग

723 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं ग्रिल तथा स्टिल व्यवसायी संघले वृक्षारोपण कार्यक्रमका लागि आवश्यक जाली सहयोग गरेको छ । संघले बागमति सभ्यता एकीकृत विकास समितिको कार्यालय गुहेश्वरी काठमाडौंलाई जाली सहयोग गरेको हो ।

संघको तर्फबाट काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले बागमति सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिनालाई जाली तथा उपकरण हस्तान्तरण गरेकी हुन् ।

ग्रिल तथा स्टिल व्यवसायी संघ काठमाडौंका अध्यक्ष यज्ञदास श्रेष्ठले सात लाख ४४ हजार पाँंच सय बराबरको सफाइ औजार तथा उपकरण प्रदान गरेको जानकारी दिए ।

nijgadh-supermart-adz1200-630