skip this farak Kura Pravakar

काेल्हवीमा कार र मोटरसाईकल एक आपसमा ठोक्किदा २ जनाको मृत्यु

1.49K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा : कार र मोटरसाईकल एक आपसमा ठोक्किदा बारामा दुई जनाको मृत्यु भएको छ ।
  तामागढी- कोहल्बी सडक खण्डमा बुधवार राती सो दुर्घटना हुँदा दुई जनाको घटना स्थल मैं मृत्यु भएको हो ।
    राति करिब ९:३० बजेको समयमा कोहल्बी नगरपालिकामा भएको उक्त दुर्घटनामा परि कोहल्बी नगरपालिका वडा नं.२ बस्ने ३८ वर्षिय पेमा दोर्जे घिसिङ्ग र ४० वर्षिय डेनि स्याङ्ताङ्को घटना स्थलमै मृत्यु भएको थियो ।
    तामागढीबाट कोहल्बी तर्फ गईरहेको बा.११.च.४५११ नम्बरको कारले कोहल्बीबाट निजगढतर्फ आईरहेको ना.५९.प.१२७० नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुबै जनाको मृत्यृ भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाराका प्रमुख प्रहरी निरीक्षक बिपिन ओझाले जानकारी दिएका छन् ।
     दुर्घटनामा परि कारमा सवार तीन जना भने घाइते भएका छन् । कारका चालक कोहल्बी वडा नं.२ बस्ने ४५ वर्षिय बद्री अधिकारी सामान्य घाइते भएका छन् ।
    कारका चालक अधिकारी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् भने, कारमा सवार १८ वर्षिय रोहित पन्डितको टाउकोमा चोट लागेको छ । त्यसैगरी कार मैं सवार रौतहट बिजयपुर फतुवा बस्ने २५ वर्षिय विवेक चौधरीको टाउको र खुट्टामा चोट लागेको छ ।
    घाइतेहरु सबैको कोहल्बी स्थित जननायक क्लिनिकमा उपचार गरिएको छ । भने मृतकहरुको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल कलैयामा लगिएको छ ।

nijgadh-supermart-adz1200-630