राष्ट्रपति भण्डारीले भोलि दसैंको टीका लगाइदिने
वि.सं.२०७९ असोज १८ मंगलवार ११:१८
1.12K
shares

काठमाडौं। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीका दिनमा विशिष्ट व्यक्तिका साथै सर्वसाधरणलाई टीका लगाइदिने भएकी छन् ।उनले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिकाका प्रमुख, मन्त्रीगण, प्रदेश प्रमुख, न्यायाधीश, सांसद, संवैधानिक निकायका पदाधिकारी एवं विशिष्ट व्यक्तिलाई दिउँसो २ बजेदेखि ३ बजेसम्म टीका लगाइदिने कार्यतालिका छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले टीका ग्रहण गर्न शितल निवास आउँदा मर्यादित पोसाकमा उपस्थित हुन आग्रह गरेकी छन् । राष्ट्रपति कार्यालयको अनुसार उच्च पदस्थको टीका कायक्रमलगतत्तै सर्वसाधरणलाई ३ बजेदेखि साँझ ५ बजेसम्म टीका लगाइदिने कार्यक्रम रहेको छ ।
वि.सं.२०७९ असोज १८ मंगलवार ११:१८

















