इक्वेडरको कारागारमा कैदीबिच झडप, १५ जनाको मृत्यु
वि.सं.२०७९ असोज १८ मंगलवार ११:२९
1.75K
shares

काठमाडौं ।इक्वेडरको एक कारागारमा कैदीहरुबिच भएको झडपमा १५ जनाको मृत्यु भएको छ। लतकुगास्थित कोटोपासी नम्बर १ मा भएको झडपमा १५ जनाको मृत्यु भएको र २० जना घाइते भएको स्थानीय मिडियाले उल्लेख गरेका छन्।
सन् २०२१ को फेब्रुअरीयता इक्वेडरका कारागारमा हिंसाहुँदा ४०० जना बढी कैदीको मृत्यु भइसकेको छ। कारागारभित्र ग्याङहरुबिच र लागू औषध कारोबारीबिच झडप हुने गरेको छ।
वि.सं.२०७९ असोज १८ मंगलवार ११:२९

















