बारा ४ मा एमालेबाट कसले पाउँछ टिकट ? एकवाल कि सुन्दर ?
एमालले कसरी गर्छ सुन्दरको व्यवस्थापन ?
वि.सं.२०७९ असोज २२ शनिवार ०८:००

बारा–बारा क्षेत्र नं. ४ मा नेकपा (एमाले) मा एक साताको बीचमा दुई जना टिकट पाउने आशाले भित्रिएका छन् ।
१३ असोजमा दुई प्रदेश सांसदसहित ११ नेता एमाले फर्किए, जसको नेतृत्व निवर्तमान प्रदेश सांसद तथा नेकपा (एकिकृत समाजवादी) पार्टी जिल्ला अध्यक्ष सुन्दर बि.क. । उनको दलले किसान श्रेष्ठलाई अघि बढाउने तयारी गरेपछि असन्तुष्ट बन्दै एमालेमा फर्किएका थिए । उनी त्यो क्षेत्रबाट उम्मेदवार हुन चाहन्थ्ये । उनी क्षेत्र नं. ४ ‘क’ बाट प्रदेश सभामा निर्वाचित भएका थिए ।
२२ असोजमा लोसपाका नेता एवं निवर्तमान प्रतिनिधि सभाका सांसद एकवाल मियाँ एमाले प्रवेश गरे । उनको दल सत्ता गठबन्धनमा लागेपछि टिकट नपाउने निश्चित भयो । त्यसपछि उनी एमालेबाट उम्मेदवार हुने आशामा पार्टी छाडे । उनी २०७४ मा सो क्षेत्रबाट निर्वाचित भएका थिए ।
सो क्षेत्रबाट एमालले देवनारायण चौधरीको एकल नाम सफारिस गरेको छ । एकिकृत समाजवादीले हेबीवेईट उम्मेदवार अघि सारेपछि दबाबमा परेको एमालले त्यस्तै उम्मेदवारको खोजीमा रहेकाे छ ।
टिकटकै लागि अन्य दलबाट एमाले आएका यी नेतालाई अध्यक्ष केपी शर्मा ओलीले कसरी व्यवस्थापन गर्लान ? एकल सिफारिसमा परेका चौधरीलाई व्याक गर्लान कि अघि सार्लान ? यो प्रश्नको उत्तर केहि घण्टामा नै पाईने छ । निर्वाचन आयोगले २३ असोजमा मनोनयन दर्ताको समय दिएको छ ।
एमालेका एक सुत्रका अनुसार संघीय क्षेत्रमा सुन्दरलाई अघि सार्ने सम्भावना पनि छ । सो क्षेत्रको प्रदेश ‘क’ मा मनोज पौडेल र प्रदेश ‘ख’ मा उमेश कुश्वाहलाई टिकट दिने तयारी छ ।
बारा ४ मा अर्काे ट्वीस्ट ! लाेसपा छाडेर मियाँ एमाले प्रवेश, चाैधरी ब्याक ?
नेकपा (एस) बारामा पहिरो ! दुई प्रदेश सांसदसहित यी नेता एमाले फर्किए
वि.सं.२०७९ असोज २२ शनिवार ०८:००


















