पहाडी क्षेत्रमा पश्चिमी वायुको प्रभाव, वर्षाको सम्भावना कति ?
वि.सं.२०७९ कात्तिक २ बुधवार ०८:१७
City commuters are seen through heavy rain, in Sydney, Tuesday, June 19, 2018. The Bureau of Meteorology have issued a severe weather warning for parts of the Hunter, Central Coast and Sydney, which in turn brought about a hazardous surf warning for the area as well. (AAP Image/Chris Pavlich) NO ARCHIVING
काठमाडौं । मनसुन बाहिरिएसँगै मुलुकका पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायुको सामान्य प्रभाव परेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ । राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहीबार सुदूरपश्चिम, लुम्बिनी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको आकलन गरिएको छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ । पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
वि.सं.२०७९ कात्तिक २ बुधवार ०८:१७
















