skip this

निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्नेछ–प्रधानमन्त्री देउवा

714 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनलाई सरकारले निष्पक्ष र शान्तिपूर्ण रुपमा गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्। नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमीमा बुधबार आयोजित नेपाल सवंतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर शाख्वाको माल्यार्पण समारोहमा उनले निर्वाचन सफल बनाउन राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी वर्ग र सम्पूर्ण नागरिकले आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका हुन्।

उनले आम निर्वाचन मुलुकको संविधानको रक्षा, आर्थिक सुदृढिकरणका लागि महत्वपूर्ण हुने बताए। निर्वाचनमा सबै सक्रियताका साथ लाग्न उनले आग्रह गरे।
देउवाले नेपालको सामाजिक इतिहासलाई उचो राख्ने शंखधर शाख्वाजस्ता महान व्यक्तिबाट हामीले सिक्न जरुरी भएको बताए। उनले दलभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको धारणा राखे। उनले नेपाल संवत् नेपालीको मौलिक संवत् भएको धारणा राखेका छन् । देउवाले राष्ट्रिय विभूति साख्वाको शालिकमा माल्यार्पणसमेत गरेका थिए।

nijgadh-supermart-adz1200-630