skip this

जबरा आउने भएपछि गेटबाहिर बारकाे धर्ना,  निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

969 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्चको गेटमै धर्ना थालेको छ । बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि जबरा सर्वोच्च फर्किने तयारीमा छन् ।  

राणाको उक्त तयारीसँगै कानुन व्यवसायीहरूले सर्वोच्चमा धर्ना थालेका हुन् । धर्नामा नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे, महासचिव अञ्जिता खनाल, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य, बार पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ लगायत सहभागी छन् । 

त्यस्तै सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च अदालत जान नरोक्ने संकेत गरेको छ । बुधबार संघीय संसद सचिवालयले उनलाई महाभियोग प्रस्ताव निस्प्रभावी भएको पत्र पठाएपछि प्रधानन्यायाधीश निवास अघि तैनाथ सुरक्षाकर्मी पछि हटेका छन् ।गेटअघि बाक्लो संख्यामा खटिएकाे प्रहरी टोली हटेपछि सरकारको जबरालाई नरोक्ने संकेत दिएकाे अनुमान छ । 

nijgadh-supermart-adz1200-630