skip this

जनजीविकाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जान्छौँ–रवि लामिछाने

1.16K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आफ्ना एजेन्डा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जाने राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन–२ का प्रतिनिधिसभा सदस्य रवि लामिछानेको भनाई छ । आज निर्वाचन आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले जनजीविकाका मुद्दा सम्बोधन गर्ने प्रतिबद्धता आए सरकारमा जान सक्ने बताएका हुन् ।उनले आफुहरुले उठाएका एजेन्डा सम्बोधन हुन सक्ने प्रतिबद्धता आएमा हामी सरकारमा जान सक्ने बताएका छन् । नत्र सरकारमा जानका लागि मात्र सरकारमा नजाने जिकिर गरेका छन् ।

आज नै रास्वपा संसदीय दलको नेतामा चयन भएका लामिछानेले आफूहरूबिना पनि सरकार बन्ने तर मुलुकलाई अनिर्णयको बन्दी बन्न नदिने बताएका छन् । उनले अगाडि भने, ुहामीबिना सरकार नै नबन्ने भन्ने त होइन । तर सरकार बन्न सहज हुन्छ भन्ने हो । अहिले हामीले स्थितिलाई नियालिरहेका छौँ । हामीले चुनावी वाचापत्रमा उठाएका एजेन्डा र जनजीविकाका सवालमा मुद्दा मिले सहकार्य हुन सक्छ ।

nijgadh-supermart-adz1200-630