गठबन्धन नटुटेसम्म एमाले सरकार बनाउने खेलमा सहभागी हुँदैन –ईश्वर पोखरेल
वि.सं.२०७९ पुस ९ शनिवार १०:५१
732
shares

काठमाडौं । गठबन्धन नटुटेसम्म नेकपा एमाले सरकार बनाउने खेलमा सहभागी नहुने नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले अहिलेको गठबन्धन लोकतन्त्र, मुलुकको हितमा नरहेकोले नेकपा एमाले सरकार बनाउने खेलमा नरहेको प्रष्ट पारेका छन्।
उनले भर्खरै सम्पन्न निर्वाचनमा जनताले नेकपा एमालेलाई सरकारमा जाने जनादेश नदिएको र जनताले दिएको जनादेशलाई सम्मानका साथ लिएर अघि बढ्ने बताए । गठबन्धन तोडेर कांग्रेस र माओवादी केन्द्र आए छलफल गर्न सकिने बताएका छन् ।
वि.सं.२०७९ पुस ९ शनिवार १०:५१

















