सत्ता गठबन्धनको बैठक बस्दै, सरकारको साझा रणनीति तय गर्ने
वि.सं.२०७९ पुस १४ बिहीवार ०९:०४
999
shares

काठमाडौं ।काठमाडौं । आज पनि सत्ता गठबन्धनको बैठक बस्दै छ । केही बेरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने बताइएको छ। उक्त बैठकमा मन्त्रालय बाँडफाँट लगायतका विषयमा छलफल गरिने छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानन्त्रीमा नियुक्त भए पनि मन्त्रिपरिषद्ले पूर्णता भएको छैन।
हालसम्म एमालेबाट ४, माओवादीबाट १ र राष्ट्रिय स्वतन्त्र पार्टीबाट एक जना मन्त्री भएका छन्। यस्तै आजको बैठकमा सरकारलाई समर्थन गरेको राप्रपालगायतका दलहरुलाई पनि सरकारमा सहभागी गराउनेबारे छलफल हुने बताइएको छ।
वि.सं.२०७९ पुस १४ बिहीवार ०९:०४

















