प्रदेश १ संसदको पहिलो अधिवेशन आजबाट सुरु हुँदै
वि.सं.२०७९ पुस १७ आइतवार १०:५१

काठमाडौ । प्रदेश १ संसदको पहिलो अधिवेशन आजबाट सुरु हुँदैछ। नयाँ सांसद निर्वाचित भएपछि बस्न लागेको पहिलो अधिवेशन दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीका अनुसार पहिलो बैठकमा प्रदेश प्रमुखबाट अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।
त्यसैगरी सभामा प्रदेश सभा नियमवाली २०७४ पहिलो संसोधन समेतलाई अगिंकार गरी बैठक संचालन गर्न प्रस्ताव प्रस्तुत हुने र प्रदेश नं १ प्रदेश प्रमुखबाट जारी प्रदेश सरकारको प्रदेश निजामति सेवाको गठन,संचालन र सेवाका सर्तहरु,सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र केही प्रदेश ऐनलाई संसोधन गर्न अध्यादेश २०७९ सभामा सम्वन्धित मन्त्रीले टेवल गर्ने कार्यसुची रहेको छ। निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम परिणाम बुझाएको २० दिनमा पहिलो बैठक बस्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार बैठकको तयारी गरिएको हो।
वि.सं.२०७९ पुस १७ आइतवार १०:५१

















