वागमती प्रदेशको सभामुखका लागि अधिकारी र पाठकबीच कडा प्रतिस्पर्धा
वि.सं.२०७९ पुस २८ बिहीवार १२:०५
1.18K
shares

काठमाडौ । वागमती प्रदेशको सभामुखका लागि नेपाली कांग्रेसबाट शिवराज अधिकारी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट भुवन पाठकबीच कडा प्रतिस्पर्धा हुने भएको छ । आगामी पुस २९ गते हुने निर्वाचनको लागि सत्ता गठवन्धनको तर्फबाट प्रदेशसभा सदस्य एवं राप्रपाका केन्द्रीय महामन्त्री भुवन पाठकले उम्मेदवारी दिने भएका छन् भने नेपाली कांग्रेसको तर्फबाट धादिङका शिवराज अधिकारी उम्मेदवार बन्ने भएका छन् । दिउँसो ११ बजेबाट मनोनयन प्रक्रिया सुरू हुँदैछ ।
नेपाली कांग्रेसले पनि आज बिहानमात्र समानुपातिक सांसद अधिकारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले बुधबारसम्म सभामुखमा सत्तारुढ दलले आफूहरूलाई समर्थन गरेको अवस्थामा माघ ३ गते विश्वासको मत दिने बताएको थियो ।
वि.सं.२०७९ पुस २८ बिहीवार १२:०५

















