skip this

आज माघ १ गते अर्थात् माघे संक्रान्ति,सार्वजनिक बिदा

4.47K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । आज माघ १ गते अर्थात् माघे संक्रान्ति । थारू समुदायको महान् चाड माघी पर्व तथा मगर समुदाय लगायत अन्य समुदायले मनाउने चाड माघे संक्रान्ति -मकर संक्रान्ति- को अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

माघ महिनाको १ गते मनाइने यस पर्वलाई थारू समुदायले माघी भनेर मनाउँछन् र नयाँ वर्ष मान्ने गर्छन् ।मगर समुदायले पनि यसलाई आफ्नो मुख्य चाडको रुपमा धुमधामका साथ मनाउँछन् भने नेपालको समस्त भूभाग, हिमाल, पहाड र तराईमा यो पर्वलाई आ–आफ्ना परम्परा, भिन्न भिन्न विशेषता र प्रकृतिले मनाउने गरेका छन् ।

nijgadh-supermart-adz1200-630